दफा ४२
नेपाल सरकारले जग्गा अधिग्रहण गरे वापत सोध भर्ना गर्ने
नेपाल सरकारले गुठी जग्गा अधिग्रहण गरेमा सो जग्गाको मुआव्जा रकमको सट्टा जग्गा नै सोधभर्ना गर्न सक्नेछ ।
तर गुठी रैतान नम्बरी जग्गा अधिग्रहण गरेमा नेपाल सरकारले संस्थानलाई सो जग्गाको लाग्ने मालपोत वापत क्षतिपूर्ति दिनु पर्नेछ ।